बुधबार, वैशाख १०, २०८२

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा

नेपालखोज २०७८ असार २४ गते १४:४८

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भैरहेको छ ।

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम २०७५ को वैशाखबाट सुरु भएको थियो । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडांै महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर ११ करोड ५० लाख रुपैयाँ रकम उपलब्ध गराएको छ ।

अहिलेसम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए ।

लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दुरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिए ।

सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौल रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराइका जिल्लाबाट गोलाकाठ ल्याई हेटौडामा चिरान गरेर काठमाण्डौ ल्याउने गरेको छ ।

काष्ठमण्डप पुनर्निर्माण प्रयोग भैरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ ।

प्रतिक्रिया