वेद !
वेद नै हिन्दु धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाटै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दुहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हो, जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक-अर्काबाट सुनेर सम्झना राखियो ।
यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिकरश्रुति, श्रवण परम्पराको अनुपम कृति हो, जुन पिँढीदर पिँढी चार-पाँच हजार वर्षदेखि चल्दै आएको छ । वेद नै हिन्दु धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो । वेदका चार विभाग छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गतिशील र अथर्व-जड । ऋक भनेको धर्म, यजु भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको हो ।
१. ऋग्वेद
ऋक अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचा छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन पाइन्छ । यसमा पाँच शाखा छन्- शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन ।
२ यजुर्वेद
यतको अर्थ हो, गतिशील तथा जुको अर्थ हो आकाश । यसको अलावा कर्म, श्रेष्ठतम कर्मको प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन् । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरू छन् । यज्ञको अलावा तत्वज्ञानको वर्णन छ । यजुर्वेदका दुई शाखाहरू छन्, कृष्ण र शुक्ल ।
३ सामवेद
साम अर्थात् रूपान्तरण र संगीत । सौम्यता र उपासना । यसमा १८७५ मन्त्र छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र संगीतमय छन्, छन् । यसमा मख्य तीन शाखा छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलाई समावेश गरिएको छ ।
(४) अथर्ववेद
थर्वको अर्थ हो कम्पन र अथर्वको अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्दछ भन्ने अथर्ववेदको मुख्य अभिप्राय रहेको पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याको पनि वर्णन पाइन्छ । उपरोक्त सबैमा परमात्मा, प्रकृति र आत्माको विषद् वर्णन र स्तुतिगान गरिएको छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरूषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक, राजनीतिक तथा भौगोलिक अवस्थाको वर्णन पनि पाइन्छ ।
प्रतिक्रिया