स्मार्ट च्वाइस टेक्नोलोजी र मिडिया इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र मिडिया इन्टरनेसनलबीच ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ संचालनबारे सम्झौता भएको छ ।
सोमबार भएको सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र मिडिया इन्टरनेसनलका तर्फबाट अध्यक्ष माधव निर्दोषले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार मिडिया इन्टरनेसनलद्वाा देशका ७७ वटा जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रममा क्यूआर पार्टनरका रुपमा स्मार्ट क्यूआर रहने छ ।
सो कार्यक्रममाएससीटीका का.मु. प्रमुख कार्यकारी अधिकृतले यस अभियानबाट ग्रामिण क्षेत्रमा विद्युतीय भुक्तानी सम्बन्धी जनचेतना बढाउनेमा ठुलो सहयोग पुग्ने बताए ।
उनले देशका सबै क्षेत्रका बसोबास गर्ने जनमानसमा क्यूआर कोडको उपयोगिता र प्रयोग सम्बन्धी जानकारीको विस्तार भई कारोबार गर्ने प्रेरित गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी मिडिया इन्टरनेसनलका अध्यक्षले अबको वित्तिय कारोबारको भविष्य स्मार्ट क्यूआर भएका कारण स्मार्ट क्यूआरसँगको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
स्मार्ट क्यूआर एससीटी द्धारा सन्चालनमा ल्याइएको विद्युतीय भुक्तानी प्रविधि हो । जसमा बैंक तथा वित्तिय संस्थाका मोबाइल बैंकिङ लगायत विभिन्न मोबाइल वालेटबाट समेत कारोबार गर्न सकिन्छ ।
सम्झौताअनुसार फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रममा स्मार्ट क्यूआर लगाायत विद्मुतिय भूक्तानी कारोबार सम्बन्धमा जानकारी गराइने छ ।
‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ कार्यक्रम नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र मिडिया इन्टरनेसनलद्धारा संचालीत वित्तीय साक्षरताको डिजिटल कार्यक्रम हो ।
प्रतिक्रिया