ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

काठमाडाैं । ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यको लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारण सभाको अवसरमा सो संस्थामा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल एशोसियेसन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका तर्फबाट नाट्टाका अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकले नाट्टामा आवद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ ।
साथै ज्योति विकास बैंकले नाट्टा अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुरु गरि व्यवसायमा लागू गर्नपनि सहयोग गर्नेछ ।
व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्ने छन् । यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
प्रतिक्रिया