बुधबार, वैशाख १०, २०८२

नेप्सेमा झिनो अंकले सुधार, ५ अर्ब ६५ करोडकाे काराेबार

नेपालखोज २०७८ असार ३० गते १५:४४

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १६ दशमलव ३४ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने एक दशमलव शून्य एक अंकले बढेर २८ सय ७२ दशमलव पाँच अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव १४ अंकले घटेर पाँच सय ३९ दशमलव ३८ अंकमा पुगेको छ । दुई सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय ९१ पटकको कारोबारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार दुई सय पाँच रुपैयाँ पुगेको छ ।

१३वटा समुहको कारोबार भएकोमा आज आठ वटा समूहको सूचक घटेर पाँचवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव २२ अंकले घटेर १९ सय ५७ दशमलव ९६ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ८२ दशमलव पाँच अंकले घटेर १३ हजार नौ सय ७९ दशमलव ८६ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ३२ दशमलव ६२ अंकले घटेर १७ हजार ६० दशमलव ६४ अंकमा झरेकोमा विकास बैंक, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुवित्त समूहहरुको सूचक पनि घटेका छन् ।

जलविद्युत समूहको सूचक भने ७४ दशमलव ९२ अंकले बढेर २८ सय ३६ दशमलव ४१ अंकमा पुग्दा फाइनान्स, होटेल तथा पर्यटन, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि बढेका छन् ।

आज हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १० प्रतिशतले बढेर चार सय ५४ रुपैयाँमा कारोबार हुँदा नबिल व्यालेन्स फन्ड २ को प्रतियूनिट सेयर मूल्य भने दुई दशमलव ८३ प्रतिशतले घटेर १३ रुपैयाँ ७३ पैसामा कारोबार भएको छ ।

यसैगरी आज गोर्खाज फाइनान्सको प्रतिकित्ता ११ सय ८० रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ४७ लाख ६९ हजार दुई सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया