विरोधकैबीच गण्डकी प्रदेशको बजेट प्रदेश सभाबाट पारित
नेपालखोज
२०७८ असार ३० गते १९:०६

कास्की । गण्डकी प्रदेशको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभाबाट पारित भएको छ । आज बुधवार बसेको प्रदेश सभा बैठकमा अवरोधका बीच बजेट पारित भएको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिए।
।
गएको असार १ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको आउँदो वर्षका लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट सभामा पेस गरेका थिए । यसअघि लगातार तीन पटक बैठकमा अवरोध भएपछि आज भने अवरोधकैबीच बजेट पारित सम्बन्धी प्रस्ताव सभामा पेस भएको हो ।
सरकारले जबरजस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।
सम्बन्धित
प्रतिक्रिया