बुधबार, वैशाख १०, २०८२

नेप्से २८ सय ८३ अंकमा सीमित, सातामा ३७ अर्ब ३८ करोड रुपैयाँको कारोबार

नेपालखोज २०७८ साउन १ गते १४:५१

काठमाडौं । यो साता नेप्से लगानीकर्ताहरुको लागि गत साताको तुलनामा केहीहदसम्म सुखद देखिएको छ । गत साता लगातार नेप्से सूचक तथा कारोबार रकम दुवै घटेकोमा यो साता पाँच कार्य दिनमा दोस्रो दिन मात्र नेप्से घटेको थियो ।

बाँकी कार्यदिनहरुमा भने नेप्से सूचक तथा कारोबार रकम दुवै बढेका थिए । सोही आधारमा भने यो साता नेप्से लगानीकर्ताहरुको लागि केहीहदसम्म सुखद देखिएको हो ।

जसअनुसार नेप्से यो साता २८ सय ८३ दशमलव ३८ अंंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दशमलव ३१ अंकमा पुगेको रोकिएको छ ।

सातामा दुई सय २९ वटा कम्पनीहरुको तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोबारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।

नेप्सेमा गत साता भने दुई सय २४ वटा कम्पनीहरुको दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोबारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

जसअनुसार कुल कारोबार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पहिलो दिन ७४ दशमलव ७१ अंकले बढेर २८ सय ९९ दशमलव ८२ अंकमा कायम रहँदा अन्तिम कारोबार दिन पनि ११ दशमलव ३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलव ३८ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १३ दशमलव ७७ अंकले बढेर पाँच सय ४३ दशमलव ४३ अंकमा कायम रहँदा अन्तिम कारोबार दिन पनि एक दशमलव ९३ अंकले बढेर पाँच सय ४१ दशमलव ३१ अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल पुनर्बिमा कम्पनी, नेपाल बंगलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा पनि यो साता यीनै कम्पनीहरुको बर्चश्व रहेको छ ।

यसैगरी बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स आदि परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्योरेन्स कम्पनी, महालक्ष्मी विकास आदि परेका छन् ।

प्रतिक्रिया