नेप्से झन्डै १४ अंकले बढ्दा ११ अर्ब ८१ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको वृद्धिदरले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ९७ अंकले बढेको नेप्से आज सोमबार पनि १३ दशमलव ९७ अंकले बढेर दुई हजार नौ सय ९४ दशमालव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स सून्य दशमलव शून्य दुई अंकले घटेर पाँच सय ६० दशमलव ९४ अंकमा पुगेको छ ।
दुई सय १९ वटा कम्पनीहरुको १० लाख सात हजार सात सय ९७ पटकको कारोबारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर खरिद बिक्री भएकामा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार छ सय सात रुपैयाँको सेयर किनबेच भएको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आठवटा समूहको सूचक बढेका छन् भने पाँचवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक दश दशमलव ८४ अंकले बढेर दुई हजार ६८ दशमलव २२ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सुचक पनि एक सय एक दशमलव ४४ अंकले बढेर १४ हजार पाँच सय ५८ दशमलव ७७ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि ५३ दशमलव १५ अंकले बढेर १७ हजार सात सय २० दशमलव ८० अंकमा चढेकोमा टे«डिङ, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि बढेका छन् ।
विकास बैंक समूहको सूचक भने आज १८ दशमलव तीन अंकले घटेर चार हजार आठ सय २९ दशमलव १७ अंकमा झरेकोमा जलविद्युत, फाइनान्स, होटेल तथा पर्यटन र लघुुवित्त समूहहरुको सूचक पनि घटेका छन् ।
आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्र्रतिशतले बढेर पाँच सय १४ रुपैयाँमा कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रको प्रतियूनिट सेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेर एक हजार ४९ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एसिया बैंकको प्रतिकित्ता एक हजार ४४ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ४१ लाख ६६ हजार ४४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया