प्रधानमन्त्री पत्नी आरजुको ‘तुलसी रोपण’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा (देउवा) आफैंमा अलग पहिचान बनाएकी सक्षम महिला हुन् ।
समाजसेवा र राजनीतिमा उनको आफ्नै नाम र योगदान छ । यद्यपि प्रधानमन्त्री पत्नी भएका कारण उनी धेरैको नजरमा पर्नु स्वभाविक पनि हो । त्यसै पनि संसारभर देशका कार्यकारी प्रमुखको श्रीमतीलाई फर्स्टलेडी भनिन्छ र उनको गतिविधिमा आमजनताको चासो रहन्छ । यद्यपि यो कुनै जिम्मेवारीको वा आधिकारिक पद भने होइन । औपचारिक सरकारी कार्यक्रमहरुमा विशेषत: विदेश भ्रमणमा प्रधानमन्त्रीसँगै देखिनेबाहेक खासै काम र जिम्मेवारी नभए पनि प्रथम महिला (फर्स्टलेडी) का गतिविधिहरु आमजनता विशेषत: गृहणीहरुको चासोमा रहन्छ ।
प्रधानमन्त्री देउवा पत्नी आरजु त्यसै पनि सार्वजनिक गतिविधिहरुमा सक्रिय छिन् । विवाह अघिदेखि नै आफ्नो सामाजिक, राजनीतिक गतिविधि आरजु संलग्न थिइन् । अहिले उनी सामाजिक सन्जालहरुमा अपडेट भइरहन्छिन् । यसक्रममा उनले आज तुलसी रोपेको तस्बिरसहित एउटा फेसबुक स्टाटसमा लेखेकी छन्- ‘जय तुलसी माता ! आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशीर्वाद लिइयो ।’

प्रतिक्रिया