सनराइज बैंक : हामी सँग–सँगै
ग्राहकमैत्री नारा, चुस्त्त दुरुस्त व्यवस्थापन, वित्तीय सेवामा अब्बल

काठमाडौं । सनराइज बैंक नेपाली बैंकिङ क्षेत्रमा निकै आत्मीय लाग्ने नारा हामी सँग–सँगैका साथमा उदीयमान बैंक हो । औद्योगिक एवं व्यावसायिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको संलग्नता रहेको बैंक चुुस्त–दुरुस्त व्यवस्थापन र वित्तीय सेवामा निकै अब्बल छ ।
बैंकमा सञ्चालक समिति अध्यक्षका रूपमा मोतीलाल दुगड छन् । व्यवस्थापन प्रमुुखका रूपमा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल छन् । बैंकको सञ्चालक एवं व्यवस्थापन समूहले बैंकमा कार्यरत एक हजार पाँच सय २२ कर्मचारीलाई बैंकको हितका लागि एक ढिक्का भएर काम गर्न प्रोत्साहित गर्दै आएको छ । यही प्रोत्साहन र कर्मचारीहरूको बैंकप्रतिको लगाव, आमग्राहक सेयरधनीहरूको साथ र सहयोग, नियमनकारी निकायको उचित मार्गनिर्देशनकै कारण बैंकले यो व्यावसायिक अब्बलता हासिल गरेको हो ।
हरेक त्रैमासको वित्तीय विवरणहरूमा पनि बैंकको अब्बलता छर्लंग देखिएको छ । विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न असहज परिस्थितिका बाबजुत पनि चालुु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँ मात्र रहेको थियो । चालुु आर्थिक वर्षको तेस्रो त्रैमासमा चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ कायम गरेको बैंकले यस अवधिमा एक खर्ब एक अर्ब १९ करोड ८४ लाख ६२ हजार नौ सय ५२ रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८२ करोड ६२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । यस अवधिमा दुुई अर्ब ५७ करोड एक लाख ७५ हजार नौ सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय छ । यो अवधिमा तीन दशमलव ६८ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा ३१ करोड ८३ लाख रुपैयाँ छ ।
बैंकले चालुु आवको पहिलो र दोस्रो त्रैमासमा पनि निकै राम्रो प्रतिफल आर्जन गरेको छ । यी दुुईवटै त्रैमासमा बैंकको निक्षेप, कर्जा एवं खुुद मुनाफा तीनवटै परिसूचक बढेका छन् । निष्क्रिय कर्जा नियन्त्रणमा छ । संस्थापक सेयरधनी समूहको ५१ दशमलव १० र सर्वसाधारण सेयरधनी समूहको ४८ दशमलव ९० प्रतिशत सेयर स्वामित्व रहेको बैंकको हाल देशभर एक सय ३९ शाखा सञ्चालनमा छन् ।
यसैगरी बैंकको देशभर एक सय ५७ वटा एटीएम, १२ वटा एक्सटेन्सन काउन्टर र ७७ शाखारहित सेवाहरू सञ्चालनमा रहेका छन् । बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको ऐन, नियम र परिधिभित्र रहेर ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सेवा प्रवाह गर्दै आएको छ भने आफ्ना सेयरधनीहरूलाई हरेक वर्ष सन्तोषजनक रूपमा प्रतिफल वितरण गर्दै आएको छ । यसले गर्दा पनि सनराइज बैंक ग्राहकको भरोसाको केन्द्र बनेको छ ।
यस्तो छ बैंकको वित्तीय अवस्था (रकम रु. हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)
विवरण | चुक्ता पुँजी | निक्षेप | कर्जा | खुद मुनाफा | निष्क्रिय कर्जा |
पहिलो त्रैमास | ८९६७८११.४३ | ९१५५३१३४.८६ | ८४९६७२५६.९१ | ३८२९७७.२१ | १.५८ |
दोस्रो त्रैमास | ९४८७९४४.४९ | ९२४०७५७७.६८ | ८६९६७४३३.७७ | ९४९४१२.१४ | १.०६ |
तेस्रो त्रैमास | ९४८७९४४.४९ | १०११९८४६२.९५ | ९३८२६२२०.३१ | ११३००४२.३१ | १.९४ |
प्रतिक्रिया