नबिल बैंकमा ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
यो सुविधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।
बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक-गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’अनुरूप रहेको छ ।
आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।
एक उच्चप्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वटा बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मूल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।
प्रतिक्रिया