मानुषी लघुवित्तले आईपीओ जारी गर्ने
नेपालखोज
२०७८ साउन १२ गते १३:२२

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर जारी भएको छ । संस्थाले यही साउन २७ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रर्बन्धक नेपाल एसबीआई क्यापिटल रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा यही साउन ३१ गते र ढिलोम भदौ नौ गते बन्द हुने छ ।
लगानीकर्ताहरुले न्युुनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिद गर्न सक्ने सिमा तोकिएको संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ ।
जारी पुँजी १० करोड ९३ लाख ७५ हजार तथा हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ ।
सम्बन्धित
प्रतिक्रिया