लोकप्रिय मानिएको ब्राण्ड नोकिया २० वर्षपछि नयाँ अवतारमा सार्वजनिक

काठमाडौं । निकै नै लोकप्रिय मानिएको ब्राण्ड नोकिया २० वर्षपछि नयाँ अवतारमा सार्वजनिक भएको छ । चएमडी ग्लोबलले केही वर्षअघि नोकिया ब्राण्ड खरिद गरेको थियो । त्यससँगै कम्पनीले पुराना चर्चित फिचर फोन नयाँ स्वरूपमा सार्वजनिक गर्दै आएको छ । यसैक्रममा एचएमडी ग्लोबलले लोकप्रिय रहेको नोकिया ६३१० फिचर फोनलाई नवीनतम फिचरसहित बजारमा ल्याएको छ ।
यो फोनमा कम्पनीले कयौं परिवर्तन ल्याएको छ । यद्यपि सन् २००१ मा सार्वजनिक नोकियाको वास्तविक क्यान्डी बार डिजाइन कायम राखिएको छ । पुरानो फोनको स्पिकर डिजाइनलाई नयाँ स्वरुप दिइएको छ । साथै नयाँ भर्सनमा इयरपिसका लागि एउटा सामान्य तेस्रो स्लिट राखिएको छ । मोनोक्रोम ६ लाइन डिस्लेको ठाउँमा नोकिया ५३१० को नयाँ भर्सनमा कर्भ्ड कलर डिस्प्ले राखिएको छ ।
जुन पुरानो फोनको तुलनामा ठूलो छ । नयाँ आएको फोनमा पछाडि भागमा क्यामेरा समेत थपिएको छ । नोकिया ६३१० को नयाँ भेरियन्टलाई हाल युरोपियन बजारका लागि उपलब्ध गराइएको छ । नोकिया मोबाइलको आधिकारिक वेबसाइटमा यो फोनको मूल्य ५९.९० युरो (करिब आठ हजार ३९२ रुपैयाँ) राखिएको छ ।
प्रतिक्रिया