फोन पे को ‘आम्मामामा क्यूआरमा दिनदिनै एक लाख’ उपहार योजना सार्बजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना व्यवसायीहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा दिनदिनै एक लाख’ उपहार योजना सार्वजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो ।
फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना– ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआरआर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्ने छन् । यस योजनामा फोन पेमार्फत भुक्तानी लिने देशभरका व्यवसायीहरूको सहभागिता हुनेछ ।
यस योजनामा सहभागि हुनका लागि फोन पे बिजनेसमा रजिष्ट्रर भएको हुनु पर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोन पेमार्फत दैनिक भुक्तानी लिएको हुनु पर्नेछ । फोन पे बिजनेसमा आवद्ध हुन फोन पे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्यान नम्बरमार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।
यस योजनामा हरेक दिन मध्याह्न १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिनेछ । विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन पे बिजिनेसको फेसबुक लाइभमार्फत गरिने छ । यो योजनामा फोन पेमार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।
आफ्नो पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोन पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि व्यवसायी रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया