आइतबार, वैशाख ७, २०८२

फेसबुकबारे केही रोचक कुरा

नेपालखोज २०७८ साउन १४ गते १८:४९

मानिसहरुले सामाजिक सञ्जालमा सबैभन्दा बढी फेसबु्क चलाउछन् । तुरुन्तै लाइक गर्न सकिने र सधैलाई फोटोको जोहो गरेर राख्न सकिने एउटा प्रभावकारी माध्यम हो फेसबुक । यस्तै तत्काल भिडियो , अडियो र टेक्स्ट च्याट गर्न सकिने यसका अरु राम्रा पक्षहरु हुन् । संक्षेपमा भन्नुपर्दा सामाजिक सन्जाल फेसबुकले विश्वलाई साँघुरो बनाएको छ । देश बिदेशमा छरिएर रहेकाहरु एउटै फेसबुकरुपी घरमा बसेर मज्जाले गफ गर्न सकिने लगायत फेसबुकका बिशेषता तपाईं हामी सबैलाई थाहा छ । फेसबुकको प्रयोग धेरैले गरेपनि यसका अनौठा कुराहरु तपाईं –हामी कमैलाइ मात्र थाह भएको हुनुपर्छ ।

फेसबुकका जन्मदाता मार्क जुकरबर्ग हुन् । उनलाई कलर ब्लाइन्डेस नामको रोग छ । उनले निलो रङमात्रै राम्ररी देख्न सक्छन् । यो कुरा उनले बिभिन्न सञ्चारमाध्यमको अन्तर्वार्तामा पनि स्वीकारेका छन् । सोही कारण उनले फेसबुकको रङ निलो राखेको धेरैको आंकलन छ ।

फेसबुकको अर्को एउटा अनौठो कुरा भने फेसबुकमा एकजनालाई मात्र ब्लक गर्न सकिदैन । हामी कसैको व्यवहार मन परेन भने तुरुन्तै फेसबुकमा ब्लक गर्न सक्छौं । तर मार्क जुकबर्ग मात्रै यस्ता एक व्यक्ति हुन् जसलाइ कसैले पनि ब्लक गर्न सक्दैन ।

हामीलाई लाग्छ फेसबुक नचलाउने देश कु्न होला र ? फेसबुक संसारका जुनसुकै कुनाका मानिसहरुले पनि चलाउँछन् भनेर सवैको साझा सोच हुन्छ । तर चीन र उत्तरकोरिया यस्ता देशहरु हुन् , जहाँ फेसबुकलाइ ब्यान्ड गरिएको छ । विश्वका यी दुई देशका मानिसले भने फेसबुक चलाउँदैनन् ।

फेसबुकका जन्मदाता मार्कजुकर बर्गले कहिलेकाही गर्ने अनुसन्धानले यो देखाउँछ कि हरेक पाँच सेकेन्डमा नयाँ मानिसले फेसबुक एकाउण्ट बनाउने गरेका छन् ।अर्को एउटा तथ्यांक छ की हरेक दिन ३० करोड फोटो बिभिन्न देशका प्रयोगकर्ताले अपलोड गर्ने गर्छन् । यस्तै अर्को हरेक सेकेन्ड ५० हजार कमेन्ट र तीनलाखबढी स्टाटस फेसबुकमा लेखिने गरेका छन् । यस्तै नौ करोड बढी फेक फेसबुक प्रोफाइल बनाउनेहरुको तथ्यांक पनि छ ।

प्रतिक्रिया