प्रहरीसँग पारश शाहको बाझाबाझ !
हेलमेट नलगाइ मोटरसाइकल कुदाएका पारशलाई प्रहरीले ‘सम्झाएर’ छाड्यो
सामाजिक सन्जालमा सार्वजनिक भएको भिडियोमा पारश सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्नसमेत नसकेको देखिन्छ ।

काठमाडौं । पूर्वयुवराज पारश शाह आज (शुक्रबार) साँझ चक्रपथ (नारायणगोपाल) चोकमा प्रहरीसँग बाझाबाझ गरेका छन् । हेलमेट नलगाइ असुरक्षित तवरले मोटरसाइकल कुदाएका पारशलाई प्रहरीले रोकेको थियो ।
उनी आफूले कहिल्यै हेलमेट नलगाउने र अहिले लागुऔषध सेवन नगरेको भन्दै प्रहरीमाथि जाइलागेका थिए । प्रहरीले पूर्वयुवराज पारशलाई सम्झाएर छाडेको छ ।
सामाजिक सन्जालमा सार्वजनिक भएको भिडियोमा पारश सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्नसमेत नसकेको देखिन्छ । पारशले प्रहरीमाथि अभद्र व्यवहार गरेको भिडियोमा प्रस्ट देखिन्छ । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि पारश उल्टै जाइलागेर जान्नँ भन्दै अड्डी कसेका थिए ।
वादविवादकै क्रममा प्रहरीले छाडेपछि पारश मोटरसाइकलमा हेलमेटबिनै हुइँकिएका थिए ।
-फाइल तस्बिर
प्रतिक्रिया