फोटोन गाडी किन्न महालक्ष्मीको सरल कर्जा !
नेपालखोज
२०७८ साउन १६ गते ७:३६
महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिबाट ग्राहकले फोटोन ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम आठ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।
देशका १०३ शाखाबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाबाट यो सुविधा उपलब्ध हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया