राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक !
नेपालखोज
२०७८ साउन १६ गते ८:२५

काठमाडौं । राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । डेभिल ब्वायले ह्याक गरेको वेबसाइटमा देखाइएको छ । ह्याकरले आयोगको वेबसाइट www.npc.gov.np मा ह्याक्ट्ड बाइ डेभिल ब्वाय भनेर लेखेको छ ।
सरकारी वेबसाइट ह्याकरको निसानामा परेको यो पहिलो घटना भने होइन । ह्याकरले बेला-बेला सरकारी वेबसाइटहरुलाई निसाना बनाइरहेकै छन् । यसरी सरकारी वेबसाइट ह्याकरको कब्जामा पर्नुले त्यहाँ रहेका महत्त्वपूर्ण तथ्यांकहरु चोरी भई दुरुपयोग हुने सम्भावना भने बढ्ने पक्का छ ।

सम्बन्धित
प्रतिक्रिया