शनिबार, वैशाख २०, २०८२

प्रहरीद्वारा ३३ किलो सुनकाण्डका फरार प्रतिवादी भण्डारी पक्राउ

नेपालखोज २०७८ साउन १६ गते १३:१५

काठमाडौं । प्रहरीले ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार संजिव शाक्यको जाहेरीले वादी नेपाल सरकार सुरेन्द्र गौतमसमेत भएको अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकाशीको अवैध कारोबार,अपहरण तथा शरिर वन्धक र कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी जिल्ला गौरादह न.पा ८ वस्ने भोजे मामा भन्ने भोजराज भण्डारी (मोरङ जिल्ला अदालतबाट म्याद जारी ३३ किलो सुनकाण्ड) लाई यही साउन १५ गते महानगरीय प्रहरी परिसरवाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिक्रिया