बुधबार, वैशाख १०, २०८२

चौबीस घण्टामा २ हजार ५६८ संक्रमित थपिए, १८ जनाको मृत्यु

नेपालखोज २०७८ साउन १७ गते १६:३७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८१ र ४ हजार २३४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५८७ जना गरी जम्मा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३७५ र आइसोलेसनमा ३१ हजार २९८ जना रहेका छन् ।

नेपालमा हालसम्म ६ लाख ९७ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया