चौबीस घण्टामा ३ हजार ३८३ संक्रमित थपिए, २४ जनाको मृत्यु
नेपालखोज
२०७८ साउन १९ गते १७:५१

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ९९४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४४८ र ६ हजार ८० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३२ हजार ०५९ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया