आइतबार, वैशाख ७, २०८२

हेलिप्याडसमेत भएको विश्वकै लामो कार

नेपालखोज २०७८ साउन १९ गते १८:४५

अहिले हाम्रो समाजमा कार उपयोग गर्नेको संख्या दिनहुँ बढ्दै छ । चढेको कारबाट उस्को आर्थिक हैसियत मापन गर्ने गरेको पाइन्छ । कारको मूल्य अनुसार सेवा सुविधाहरु हुन्छ । महङ्गोमा धेरै सुविधा सस्तोमा थोरै सुविधा । तर, स्वीमिङ पुल देखि हेलिप्याडसम्मको सुविधा कारमा छ भन्दा तपाईंहरुलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो ।

अमेरीकाको क्यालिफोर्नियामा विश्वको सबैभन्दा लामो कार छ । यसको लम्बाइ १०० मिटर रहेको छ । साथै, यस्को अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन्। ओहरबर्गले यो कारको डिजाइन सन् १९८६ गरेका थिए । यस ‘लिमोजिन’कारलाई ‘अमेरिकन ड्रीम’को उपमा दिइएको छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको यो कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेको छ । मिनी किचन, बाथरुम, बेडरुम, हेलिप्याड लगायतको सुविधा रहेको यो कारका २६ वटा पांग्रा रहेका छन् ।

विश्वकै लामो तथा रोचक कार भएपनि हेरचाह हुन नसकेका कारण अहिले यो कार जिर्ण बन्दै गएको छ ।

प्रतिक्रिया