भाइबर र स्काइपबाट हुने अवैध फोन रोक्न दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं। नेपालमा दूरसञ्चार प्राधिकरणले भाइबर र स्काइपबाट हुने अवैध फोन नरोकिए कानुन अनुसार कारबाही गर्ने दूरसंचार प्राधिकरणले चेतावनी दिएको छ
सेवाको अनुमति नै नलिइ भाइबर, स्काइप जस्ता एपहरुबाट अवैधरूपमा फोन कल हुने गरेको पाइएको छ। भाइबर, स्काइप जस्ता एपहरुमा क्रेडिट (रिचार्ज कार्ड) खरिद गरेर नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको नेटवर्कमा विश्वका जुनकुनै ठाउँबाट अन्तर्राष्ट्रिय फोन कल आइरहेको गुनासोपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार चेतावनीसहितको सूचना जारी गरेको छ।
भाइबर, स्काइप वा अन्य कुनै एपबाट नेपालमा दूरसञ्चार सेवाका लागि अनुमति लिएका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले दिइरहेको सेवा सरह नै यी ओटीटीहरुले सेवा दिनु अवैध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस्ता एपहरुबाट मोबाइलरफिक्स्ड (ल्यान्डलाइन) टेलिफोनमा फोन कल आइरहेको घटना दूरसञ्चार ऐन विपरीत रहेको भन्दै चेतावनीसहित सूचना जारी गरेको हो।
नेपाल दूरसंचार प्राधिकरणको अनुगमन महाशाखा प्रमुख विजयकुमार रोयले भाइबर, स्काइपजस्ता कम्पनीहरु नेपालमा दर्ता नभएकाले कुनै पनि प्रकारको सेवा दिनु अवैध भएको बताएका छन् । प्राधिकरणले यस प्रकारको कार्य दूरसंचार ऐन तथा नियमविपरीतको कार्य भएकाले यस्ता कार्य नगर्न र नगराउन सबैलाई सचेत गराएको छ। अन्यथा कानुन बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।
प्रतिक्रिया