बुधबार, वैशाख १०, २०८२

५५ वर्ष माथिका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप साउन २२ देखि

नेपालखोज २०७८ साउन २० गते १०:४९

काठमाडौं । यही साउन २२ गतेदेखि देशभर लक्षित समूहलाई काेराेना भाइरस (कोभिड-१९) विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

प्रतिक्रिया