चाहिन्छ
सीमा आभास
२०७८ साउन २३ गते ८:०८

ईश्वरलाई गाली गर्न पनि ईश्वरकै मन चाहिन्छ
ढुंगालाई देवता बनाउन फलामकै घन चाहिन्छ ।
गरिब हुनलाई पनि यस्तो नियम बनाइएको छ
टिनको छानोवाला घर र अलिकति धन चाहिन्छ ।
मायाले बाँधेर स्वर्गको बगैंचामा लैजाने कहाँ हो र
अचेल आकर्षक अनुहार र भर्भराउँदो तन चाहिन्छ ।
मरुभूमिमा तिर्खाले छटपटिएको गीत गाउँ के भन्छौ !
न्याउलीले विरही गीत गाउन त हरियाली वन चाहिन्छ ।
सम्बन्धित
प्रतिक्रिया