कुचो

सरकार परिवर्तन भयो आफूले आश र भरोसा गरेको मान्छे सरकार प्रमुख भएकामा म प्रशन्न भएँ । खुसीले हौसिएँ । अब त केही हुन्छ कि भन्ने भरोसा उसमाथि राखें । र उपहार स्वरुप उनलाई प्रतीकका रुपमा मुलुकमा व्याप्त रहेको भ्रष्टाचारलाई बढार्ने कुचो उपहार दिए ।
उसले मलाई धाप मार्दै भने, ‘म आफैं यो कुचोले भ्रष्टाचार बढार्नेछु ढुक्क हुनुस्’ । म उपाहार दिएर निस्केको मात्रै के थिएँ गन्हाएका मुलुकलाई खोक्रो पारेका भ्रष्टाचारी हरुका एक हुल पसे । तिनिहरुले सरकार प्रमुख त कुचो खोलेर छरपस्ट पार्दै गरेको देखे । ‘हजुर यो के गरेको हजुरजस्तो मान्छेले’ । ऊ मुसुक्क हासेर ‘भ्रष्टाचारीहरुलाई यै कुचो ले बढार्नु भनेर यौटाले उपहार दिएको थियो अब तपाईंहरु ढुक्क रहनुस् नडराउनुस् यो कुचोलाई छरपस्ट पारेँ अब यो कुचोले भ्रष्टाचारीलाई बढार्न सक्दैन ।’
हाम्रो हजुरको जय होस् भनेर एक स्वरमा नारा लगाए ।
प्रतिक्रिया