‘प्रविधि विकल्प होइन, सहायक हो’

आगामी विद्यार्थीको भविष्य जाने काइदा हुन्छ नजाने बिग्रिएर जान्छ । मैले जाने काइदा हुन्छ किनभने भने, अहिले विद्यार्थीहरू जानीनजानी प्रविधिसँग सिपालु भए । जानी नजानी हाम्रा शिक्षकहरू प्रविधि चलाउनलाई जान्ने भए । अहिले लाखौं शिक्षकहरू प्रविधिमा विस्तारै बानी परिसकेका छन् । भनेपछि शिक्षकहरूले पनि अब विकल्प अपनाउनुपर्ने रहेछ है भनेर सामान्य विकल्पहरू बनिसके देशमा ।
यी बनेका कुराहरूलाई संकलन गरेर सेयर गर्ने किसिमको कुरोकानी गरिदियो भने के हुन्छ, भने पढ्ने भनेको किताब आफू पढ । प्रविधिबाट अथवा अर्को तरिकाबाट हामी पढाउँछौं । पढाइलाई तिम्रो व्यवहारसँग अथवा तिम्रो सिकाइसँग हामी जोड्छौं, भन्ने किसिमको काम गरिदियो र शिक्षकहरूलाई सिकाइ यसरी आउँछ, पढाइ यसरी जान्छ, सिकाइ र पढाइलाई जोडाइ यसरी गर्न सक्नु हुन्छ भन्ने किसिमको तालिम दिन सक्ने हो भने त्यसले केही पनि फरक पार्दैन । मैले केही पनि फरक पार्दैन किनभने भने, अहिले अन्तर्राष्ट्रिय जगतमा कोभिडको संक्रमणका कारण अनलाइन अफिसहरू जुन चले त्यसको इफिसिएन्सी २८ प्रतिशत पढ्यो । घरबाट हुँदा इफिसिएन्सी बढ्यो । किन बढ्यो भने हिँड्ने समय बच्यो, अफिसको टेन्सन इत्यादि कुराकानीहरू पनि घरमै बसेर खुरुखुरु काम गरियो ।
कर्मचारीका लागि पनि सहज भयो । त्यसले पनि बढ्यो । भनेपछि घरबाट काम गर्दा इफिसिएन्सी बढ्छ भन्ने अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै, घरमा बालबालिका मज्जासँग बढ्न सक्छन्, घरको कुराकानी पढाउन सकिन्छ भन्ने हामी जस्ता मान्छेहरू बजारमा हुँदाहुँदै पनि नगर्नु भनेको त उहाँहरूकै कमजोरी हो । यसले केही पनि समस्या पार्दैन । किनभने अब प्रविधि भनेको विकल्प होइन, सहायक हो । किनभने, अहिलेको केटाकेटीलाई कसैले नोट लेख भन्यो भने उनीहरूले नोट लेख्दैनन् । मोबाइल तेर्स्याएर यसो देखाउँछ । उसले रेकर्ड गर्न थाल्छ । रेकर्ड गर्दा उसले आफ्नो रहरले पढ्न पाउँछ । खुरुखुरु पढ्दाखेरि उसले बाध्यताले पढ्नुपर्ने हुन्छ ।
अबको केटाकेटी इजी भइसके । बाउआमा पनि त्यही किसिमको भइसके । केही कुराकानी गर्नु पर्यो या छोरीछोरीलाई बोलाउनुपर्ने भए इमेल गर्ने भए । अब यो कुरोलाई क्यास गर्न जान्नुपर्छ । यदि क्यास गर्ने हो भने के हुन्छ भने, प्रविधि र आमने सामनेको पढाइलाई तुलना गर्ने हो भने प्रविधिमा धेरै ध्यान र आमनेसामनेको पढाइमा थोरै ध्यान छ ।
बालबालिकालाई शिक्षण सिकाइ पद्धतिमा कसरी जोड्ने ?
अहिले पोखरामा केही युवाहरूले बिनावाइफाइ मोबाइल चल्ने किसिमको ढंगको एप्सहरू बनाइरहेका छन् । त्यो चाँडै बजारमा पनि आउँदै छ । यो किसिमको ढंगबाट मान्छेहरूलाई चुनौती गर्ने हो । अहिलेका युवाहरूलाई तपाईं अहिले बिनावाइफाइको मोबाइल चलाउने कसरी बनाउन सक्नुहुन्छ ल बनाउनुस् । तपाई रेकर्डेड क्लासहरू कसरी बनाउन सक्नुहुन्छ ल बनाउनुस् । पालिका–पालिकाहरूलाई पनि भन्नुपर्छ । लौ पालिकाहरूले अफलाई क्लासहरू कसरी बनाउनु हुन्छ बनाउनुस् ।
उदाहरणका लागि बुटवलको बुटवल माध्यमिक विद्यालयले १२ वटा ठाउँमा एउटा रेडियो राखिदिएर मज्जैसँग एउटा स्कुल चलाए । १२ वटा ठाउँमा सेन्टर बनाइदिए । केटाकेटीहरू रेडियोमा आएर बस्ने भए । एकजना शिक्षकलाई त्यहाँ जिम्मा लगाएर केटाकेटीहरूलाई रेडियो सुन्न लगाइयो । भनेपछि गर्ने शिक्षकहरू त हाम्रो देशमा पनि त रहेछन् नि ? ती शिक्षकहरू को-को हुन् भनेर खोजेर तिनलाई अगाडि ल्याएर त्यसैगरी गर्ने हो भने यो लहर सहरसँग खास्सै केही डराउनु पर्दैन । किनभने, यो लहर भनेको बाहिरका लागि हो । भित्रै बसेर पढ्नेका लागि यसले केही अप्ठ्यारो गर्न सक्दैन ।
(शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया