बिहीबार, वैशाख ११, २०८२

उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थपियाे

राति ८ बजेदेखि निजी र सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

नेपालखोज २०७८ साउन २६ गते १५:३०

काठमाडाैं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय लिएको छ ।

बिहीबारबाट लागु हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

‘उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा भिड बढेका कारण निषेधाज्ञामा केही कडाइ गर्ने निर्णय लिएका छौं,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निराैलाले भने, ‘भदौ ८ गतेसम्मका लागि राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी चलाउन निषेध गर्ने निर्णय लिएका छौं ।’

प्रतिक्रिया