मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
नेपालखोज
२०७८ साउन २७ गते १७:१८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएका राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले आज संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिक दिएका राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्तिमार्फत मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने जनाएको छ । गत १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया