अजोड इन्स्योरेन्सको ९ करोड ५२ लाख खुद मुनाफा
नेपालखोज
२०७८ साउन २९ गते १३:२३

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा नौ करोड ५२ लाख ६८ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा छ करोड ३६ लाख २० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीले आव २०७७/०७८ मा प्रति सेयर आम्दानी नौ रुपैयाँ ५२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २१ रुपैयाँ १० पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया