मोर्डनाको ४० लाख डोज खोप खरिद गर्न सम्झौता
मोडर्ना खोपले १२ वर्षमाथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नेछ ।
नेपालखोज
२०७८ साउन २९ गते १६:३२

काठमाडाैं । बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सन्जाल ‘गाभी’सँग सम्झौता भएको हो ।
सम्झौतासँगै नेपालको कोभिड-१९ विरुद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको विश्व बैंकले जनाएको छ । मोडर्ना खोपले १२ वर्षमाथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्ने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया