बिहीबार, वैशाख ११, २०८२

तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन, अस्पताल सूचीकृत गर्न गृह मन्त्रालयकाे निर्देशन

नेपालखोज २०७८ साउन २९ गते १८:०४

काठमाडौं । गृह मन्त्रालय ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ ।

प्रतिक्रिया