मज्जा छ
राजाराम पौडेल
२०७८ साउन ३० गते ८:०८

धुजाधुजा भएका रहर सिउन मज्जा छ
विष फाली अमृत खोजेर पिउन मज्जा छ ।
पीडाका आँशु झर्न दिन्न आँखामै सुकाउँछु
बल्झिएको घाउँ निको पार्न भित्रै लुकाउँछु ।
चट्टान फोर्दै आएको पानी पिउन मज्जा छ
पीडालाई साथी बनाएरै जिउन मज्जा छ ।
भिड देख्छु तर भेटिँदैन मन मिल्ने साथी
स्वार्थ पूरा गर्ने सुरमा बहाना नानाभाँती ।
आफ्नै हातले मुटुको घाउ सिउन मज्जा छ
सफल भएको कल्पनामै जिउन मज्जा छ ।
सम्बन्धित
प्रतिक्रिया