करोडपति डोम, के सम्पत्ति र शिक्षाबाट छुवाछूत हट्छ ?

नेपालमा २० हजार रहेको डोम जातिको जनसंख्यामा सबैभन्दा धनि व्यक्ति ! महोत्तरी रामगोपालपुरका निरसू मरिकको घर शिक्षाको केन्द्र हो । जहाँ नगरका सम्पूर्ण बालबच्चा उनको जग्गामा स्थापित स्कुलमा शिक्षा आर्जन गर्न आउँछन् ।
उनका सबै सन्तान स्नातक छन् । करोडौंका मालिक मरिक को-अपरेटिभ पनि चलाउँछन् । कसैलाई दुई-चार लाखको आवश्यकता परे तुरून्त उपलब्ध गराउँछन् ।
यद्यपि आजसम्म यो नगरका बासिन्दाले (केही अपवादबाहेक) उनले छोएको वा पकाएको खाना (उनको घरमा) खाएको छैन । सन्तानको बिहेमा उनले उपलब्ध गराएको सरसमान अरूले पकाएर दिए पनि त्यो भोज धेरैले खाएनन् ।
त्यसैले यहाँ सम्पत्ति र शिक्षाबाट छुवाछूत हट्छ भन्ने तर्कमाथि प्रश्नवाचक चिह्न लागेको छ ।
(पूर्वपत्रकार एवं प्राध्यापक रामरिझन यादव नेकपा माओवादी हुँदै हाल जसपाका राजनीतिकर्मी तथा सामाजिक अभियन्ता हुन् ।
हामीले यो सामग्री यादवको फेसबुकबाट लिएका हौं ।)
प्रतिक्रिया