बिहीबार, वैशाख ११, २०८२

पाँच महिनाको अन्तरालमा दिएको खाेपले काम गर्छ ?

नेपालखोज २०७८ साउन ३० गते ११:४५

काठमाडौं । पाँच महिनाको अन्तरालमा दिएको कोभिशिल्ड र एस्ट्राजेनिका खोपको दोस्रो मात्राले पनि काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

विभिन्न अध्ययनहरुले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएको मन्त्रालयले जनाएको छ । 

कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल २ देखि ३ महिना हुनुपर्छ भनिए पनि पाँच महिनापछि दोस्रो डोज लगाए पनि काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । 

No description available.

प्रतिक्रिया