वाग्मतीमा १० लाख ८२ हजारले लगाए पूर्ण खोप
नेपालखोज
२०७८ साउन ३१ गते १५:१४

काठमाडौं । वाग्मती प्रदेशमा अहिलेसम्म १० लाख ८२ हजार ३ सय ९० जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो ।
वागमती प्रदेशका १८ वर्ष माथिको जनसंख्यामध्ये हालसम्म १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका हुन् ।
सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेलको दुवै डोज र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको संख्या झण्डै ११ लाख पुगेको हो ।
यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या आठ लाख ४७ हजार २०२ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया