आइतबार, वैशाख २१, २०८२

सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफा घटेर ७५ करोडमा सीमित

नेपालखोज २०७८ साउन ३२ गते १२:३८

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकको खुुद मुनाफामा विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को असर देखिएको छ ।

महामारी नियन्त्रणको लागि भएको लक डाउन र निशेधाज्ञा कै कारण उत्पन्न भएको असहज आर्थिक अवस्था कै कारण आर्थिक वर्ष २०७७–०७८ मा बैंकको खुद मुनाफा ७५ करोड ३६ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब तीन करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब नौ करोड ६७ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैकको वितरणयोग्य नाफा भने ५९ करोड ४६ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ६५ अर्ब ३१ करोड ४८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १५ करोड २२ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब ६९ करोड ५२ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया