आइतबार, वैशाख ७, २०८२

साओमी रेडमी १० : नयाँ स्मार्टफोन, मूल्य कति ?

नेपालखोज २०७८ साउन ३२ गते १६:४९

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी साओमीले चाँडै नयाँ बजेट स्मार्टफोन रेडमी-१० (Redmi 10) लन्च गर्दै छ । यो फोन सार्वजनिक हुने मिति तय नभए पनि यसका केही फिचर र सम्भावित मूल्य मिडियामा लिक भएका छन् । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २० हजारजति रहने अनुमान छ ।

सम्भावित स्पेसिफिकेसन
रेडमी-१० स्मार्टफोनमा ६ दशमलव ५ इन्चको फुल एचडी प्लस डिस्प्ले उपलब्ध हुनेछ । जसको रिजोल्युसन १०८०×१४०० १०८ पिक्सल रहनेछ । यसमा स्क्रिन प्रोटेक्सनका लागि गोरिल्ला ग्लास ३ प्रयोग गरिएको बताइन्छ । यो फोनले एड्रोइड ११ बेस्ड MIUI १२ दशमलव ५ मा काम गर्नेछ । यो स्मार्टफोनमा मिडियाटेक हिलियो G88 प्रोसेसरका साथ ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेज हुनसक्ने बताइएको छ ।

यो स्मार्टफोनमा फोटोग्राफीका लागि क्वाड रियर क्यामेरा प्रयोग गरिएको र त्यसको प्राइमेरी क्यामेरा ५० मेगापिक्सलको हुनसक्ने समाचारमा उल्लेख छ । यसमा ८ मेगापिक्सलको अल्ट्रा-वाइड ऐंगल सेन्सर रहनेछ भने २-२ मेगापिक्सलको माइक्रो लेन्स डेप्थ सेन्सरका साथ सेल्फी र भिडियो कलिङका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा उपलब्ध हुनेछ ।

यो स्मार्टफोन ५००० mAh को दमदार ब्याट्रीले युक्त हुनुका अतिरिक्त १८ वाटको फास्ट चार्जिङ सपोर्टले पावर सप्लाईमा थप मजबुत रहनेछ । कनेक्टिभिटीका लागि यसमा ड्युल ब्यान्ड वाईफाई, ब्लुटुथ ५.०, जीपीएस तथा ३ दशमलव ५ एमएमको हेडफोन ज्याक र यूएसबी टाइप-सी पोर्टजस्ता फिचर्स दिइएका छन् । यो फोन तीन कलर अप्ससमा लन्च हुनेछ ।

प्रतिक्रिया