आइतबार, वैशाख ७, २०८२

सामसुङको फोल्डेबल ग्यालेक्सी जेड फ्लिप-३ तथा ग्यालेक्सी जेड फोल्ड-३ (मूल्यसहित)

नेपालखोज २०७८ भदौ २ गते ८:१३

काठमाडौं । सामसुङ मोबाइलले हालै आफ्नो फोल्डेबल स्मार्टफोन सिरिजको थर्ड जेनरेसन डिभाइस ग्यालेक्सी जेड फ्लिप-३ तथा ग्यालेक्सी जेड फोल्ड-३ लन्च गरेको छ ।

सामसुङको ग्यालेक्सी जेड फ्लिप-३ को अन्तर्राष्ट्रिय बजार मूल्य न्यूनतम् एक लाख ५५ हजार तथा ग्यालेक्सी जेड फोल्ड-३ को मूल्य दुई लाख ४० हजार जति पर्ने बताइन्छ ।

ग्यालेक्सी फोल्ड-३, फाइभ जी १२ जीबी तथा २५६ जीबी स्टोरेजका साथ उपलब्ध हुनेछ । यसको अर्को भेरियन्ट १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेजका साथ बजारमा उत्रनेछ । यो फोनको दुई कलर फ्यान्टम ब्ल्याक तथा फ्यान्टम ग्रिन रहनेछन् ।

ग्यालेक्सी फ्लिप ३ फाइभ जीको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य एक लाख ३५ हजार रुपैयाँ जति पर्छ । जबकि ग्यालेक्सी फ्लिप-३ फाइभ जीको ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको अर्को भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य एक लाख ४५ हजार जति पर्छ । यो स्मार्टफोन फ्यान्टम ब्ल्याक तथा क्रिम कलरमा उपलब्ध हुनेछ ।

भारतमा सामसुङ ग्यालेक्सी जेड फ्लिप-३ तथा ग्यालेक्सी जेड फोल्ड-३ को प्रि-बुकिङ २४ अगस्तदेखि लिन थालिने र १० सेप्टेम्बरदेखि बिक्री सुरु हुनेछ । यो फोन चाँडै नेपालमा समेत उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया