३८ दशमलव २८ अंकले नेप्से बढ्दा २१ अर्ब ३१ करोडकाे काराेबार

काठमाडौं । नेप्सेको उकालो यात्राले आज बुुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन शून्य दशमलव २३ अंकले बढेको नेप्से आज बुधबार भने ३८ दशमलव २८ अंकले बढेर तीन हजार एक सय ९८ दशमलव ६० अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८३ अंकले बढेर पाँच सय ९८ दशमलव ११ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको एक लाख ८८ हजार चार सय ५४ पटकको कारोबारमा तीन करोड ६५ लाख नौ हजार सात सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।
उक्त परिमाणमा सेयर किनबेच हुँदा आज कुल कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार दुई सय ६९ रुपैयाँ पुुगेको छ । आज १३ वटा समूहको कारोबार भएकोमा ट्रेडिङ र सामूहिक लगानी कोष समूहहरुको सूचक सामान्य अंकले घटेर बाँकी ११ वटा समूहहरुको सूचक उच्च अंकले बढेका छन् ।
तीमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ४२ अंकले बढेर २१ दशमलव २५ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि तीन सय ३० दशमलव ४६ अंकले बढेर छ हजार दुई सय ८८ दशमलव ३५ अंकमा चढेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ५१ दशमलव ३२ अंकले बढेर १७ हजार सात सय ४५ दशमलव ८० अंकमा चढेकोमा जविद्युत, निर्जीवन बिमा, होटेल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
आज शिवम सिमेन्टको प्रतिकित्ता सेयर मूल्य १० प्र्रतिशतले बढेर १७ सय ९२ रुपैंयाँमा कारोबार हुँदा सिद्धार्थ बैंक ऋणपत्र २०८२ को प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ८६ प्रतिशतले घटेर एक हजार ६७ रुपैयाँ ५० पैसामा कारोबार भएको छ ।
यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ९८ रुपैयाँ अन्तिम मूल्यमा ७८ करोड ८६ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया