प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा पदभार ग्रहण
नेपालखोज
२०७८ भदौ २ गते १७:५०

काठमाडाैं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । बुधबार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा झाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख मिश्रले शान्ति र अमनचयनका लागि काम गर्ने बताए । प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्दै उनले निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया