आइतबार, वैशाख ७, २०८२

iPhone 13 Series को क्यामेरामा तीन नयाँ फिचर

नेपालखोज २०७८ भदौ ३ गते ८:१६

आउने महिना एप्पलको आइफोन ( iPhone ) को नयाँ मोडल लन्च हुँदै छ । यो नयाँ मोडलमा अपग्रेडेड क्यामेराका साथ अरु नयाँ फिचर्स पनि समावेश हुँदै छ ।

काठमाडौं । एप्पलले आगामी महिना iPhone 13 Series लन्च गर्दै छ । भनिन्छ iPhone को यो नयाँ मोडलमा क्यामेरा र भिडियो रेकर्डिंङसम्बन्धी तीनवटा अपडेट्स हुनेछन् । यो अपग्रेड अघिल्लो iPhone को तुलना मा प्रमुख र विशेष रहनेछ ।

iPhone 13 Series पोर्ट्रेट मोड फिचरका साथ उपलब्ध हुनेछ जसले ProRes नामक हाई-क्वालिटी फर्म्याटमा भिडियो रेकर्ड गर्ने क्षमता राख्छ । यो नयाँ भिडियो रेकर्डिंङ फिचरको मद्दतले हाई-क्वालिटी फर्म्याटमा भिडियो क्याप्चर गर्न सकिनेछ जसले पोस्ट-प्रोडेक्सनमा सम्पादनको कामलाई सहज बनाउनेछ ।

यसले ProRAW फिचरलाई फलो गर्नेछ ता कि प्रोफेसनल मानिसहरूले तस्बिरमा बढी नियन्त्रण राख्न सकुन् । ProRes भिडियो रेकर्डिंङ फिचर यो वर्ष केवल iPhone 13 Pro मा मात्र उपलब्ध हुनेछ । आगामी आइफोन सिरिजहरुमा ProRes फिचर HD वा 4K रिजोल्युसनमध्ये एक सुविधाका साथ उपलब्ध गराइनेछ ।

iPhone 13 Pro को अर्को फिचर तस्बिरमा पोर्ट्रेट मोडको विस्तार हो जसलाई iPhone 7 Plus को भिडियोमा प्रस्तुत गरिएको थियो । भनिन्छ- iPhone 13 Series ले प्रयोगकर्ताहरुलाई सिनेम्याटिक भिडियो एक्सपीरियन्स प्रदान गर्न मद्दत गर्छ । यो फिचरको मद्दतबाट भिडियो रेकर्डपछि पनि डेप्थ इफेक्ट क्रिएट गर्न सकिन्छ भने ब्लरको लेबल पनि परिवर्तन हुनेछ ।

नयाँ आइफोनमा फोटोको लुक्स र कलर निखार्न सकिने नयाँ फिल्टर पनि रहनेछ । iPhone 13 को क्यामेराले तस्बिरमा रङमा अझ राम्रो नियन्त्रण राख्नेछ । यसमा फोटोमा अप्लाई गर्न सकिने थुप्रै स्टाइलको विकल्प रहनेछ । iPhone क्यामेरा एपमा भएका अन्य फिल्टरको तुलनामा यो फिचर अलग हुनेछ । यसमा एआईको प्रयोग गरी फोटोमा लोगो र अब्जेक्ट अप्लाई गर्न सकिनेछ ।

प्रतिक्रिया