वाग्मती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस
नेपालखोज
२०७८ भदौ ३ गते २२:३७

काठमाडौं । सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर उनको ठाउँमा शर्मालाई नियुक्तको सिफारिस गरेको हो ।
एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन सुरु गरेको छ । शर्मा माधव नेपाल समूहका हुन् । माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए ।
पदमुक्त भएका प्रदेश प्रमुख प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता हुन् । प्रसाईं झापाको मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया