नेप्से ३ हजार १ सय ८० अंकमा सीमित,सातामा झन्डै एक खर्बको सेयर किनबेच

काठमाडौं । यो साताको सेयर बजार लगानीकर्ताहरुको लागि निकै सुखद देखिएको छ । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुुल्ला रहेको थियो । जसमध्ये तीन कार्य दिन नेप्से उच्च अंकले बढेको थियो भने दुई कार्य दिन घटेको थियो ।
यही उतारचढावकाबीच नेप्सेमा यो साता झन्डै एक खर्ब रुपैयाँको सेयर किनबेच हुन पुगेको छ । सोही आधारमा नेप्से तीन हजार एक सय ८० दशमलव ७८ अंकमा सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९० दशमलव १५ अंकमा सीमित हुन पुगेको छ ।
सातामा दुई सय २९ वटा कम्पनीहरुको आठ लाख ८७ हजार २१ पटक सेयर किनबेच भएका छन् । जसअनुसार १६ करोड २२ लाख चार हजार तीन सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोबार रकम ९७ अर्ब ५९ करोड ६१ लाख ३७ हजार आठ सय ६६ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झन्डै २० अर्ब रुपैयाँले बढी हो । गत साता भने नेप्सेमा दुई सय ३० वटा कम्पनीहरुको सात लाख १३ हजार सात सय ३० पटक सेयर किनबेच भएको थियो ।
जसबाट १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोबार रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ रुपैयाँ पुगेको थियो ।
पाँच कार्य दिन भने यो साता पहिलो र पाँचौ दिन नेप्से घटेपनि बाँकी तीन कार्य दिन नेप्से बढेको थियो । जसअनुसार पहिलो कार्य दिन आइतबार २४ दशमलव ८८ अंकले घटेर तीन हजार एक सय ५४ दशमलव तीन अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन १८ दशमलव २४ अंकले घटेर तीन हजार एक सय ८० दशमलव ७८ अंकमा सीमित हुन पुगेको छ ।
यस बीचमा तीन कार्य दिन भने नेप्से उच्च अंकले बढेकारण नेप्से झन्डै ३२ सय अंकमा पुुग्न सफल भएको हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन एक दशमलव नौ अंकले घटेर पाँच सय ८९ दशमलव २८ अंकमा सीमित हुन पुगेकोमा अन्तिम कारोबार दिनसम्म आइपुग्दा आठ दशमलव ३३ अंकले घटेर पाँच सय ९० दशमलव १५ अंकमा सीमित हुन पुगेको छ ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा अरुण कावेली पावर लिमिटेड, अरुण भ्याली हाईड्रोे पावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ ।
सेयर कारोबार भएका संख्याको आधारमा भने यो साता नेपाल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता राधी जलविद्युुत कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रभु बैंक लगायतका आधा दर्जन कम्पनीहरुको बोनस तथा ऋणपत्र सूचीकृत भएका छन् ।
प्रतिक्रिया