झारमै हराए ऐतिहासिक सम्पदा (फोटो फिचर)

काठमाडौं । पुरातात्त्विक तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदा हाम्रा पहिचान हुन् । तर तिनै ऐतिहासिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुग्दै छन् ।
नेपालका विभिन्न सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये काठमाडौंको शंखमूलमा पनि सयौं वर्षअघिका सम्पदाहरु छन् । तर यी सम्पदा अहिले संरक्षण अभावमा झारमै बिलाउने अवस्थामा पुगेका छन् । यहाँका सम्पदालाई अहिले संरक्षणको खाँचो छ ।
यी जीर्ण सम्पदाको संरक्षण र प्रचारमा सम्बन्धित निकाय मौन देखिएको छ । यसको महत्त्व पहिचान गरी संरक्षण गर्न सके पुरातात्त्विक ऐतिहासिकता जोगिने थियो । यसको संरक्षणमा राज्यको पनि आँखा नपुग्दा झन् जीर्ण हुँदै गइरहेका छन् ।
शंखमूलस्थित मनै लोभ्याउने पुरातात्त्विक विभिन्न सांस्कृतिक संरचनाहरुमा आजभोलि हरियो झार उम्रिएको छ । केही सम्पदा त झारभित्रै पुरिने अवस्थाका छन् । वर्षौंदेखि लेउले स्वरुप बिगारेको छ ।
ऐतिहासिक मन्दिर, मूर्तिलगायतको परिसर अहिले उजाड-उराठ लाग्दो देखिन्छ । हेरौं, कृष्णगोपाल श्रेष्ठले खिचेका शंखमूलमा रहेका पुरातात्त्विक महत्त्वका थप तस्बिर :








प्रतिक्रिया