नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन

काठमाडौं । नेपाली म्यूजिक भिडियोमा काम गर्ने निर्देशकहरुको पहिलो संस्था ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको छ । म्युजिक भिडियोको क्षेत्रलाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन संस्था स्थापना गरिएको हो ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा विधान कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समाजको पहिलो उपाध्यक्षमा देवेन्द्र पाण्डे चयन भएका छन् । त्यसैगरी दोस्रो उपाध्यक्षको जिम्मेवारी निकेश खड्काले पाउँदा महासचिवमा सुब्रतराज आचार्य चयन भएका छन् ।
संस्थाको कोषाध्यक्षमा सञ्चारकर्मी समेत रहेका दयाराम घिमिरेले जिम्मेवारी पाएका छन् । त्यस्तै संस्थाको सहकोषाध्यक्षमा निशान घिमिरे रहेका छन् । सदस्यहरुमा समन अधिकारी,सान थापा,गम्भिर बिष्ट,अनुप चापागाईँ,प्रकाश धिताल,बबिता श्रेष्ठ,विजेश पौडेल,राजेश पुमा राई चयन भएका छन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया