सेयर बजार ४ दिन बन्द
नेपालखोज
२०७८ भदौ ४ गते २२:२७

काठमाडौं । नेपालको पूँजी बजार आज (शुक्रबार)देखि चार दिनको लागि बन्द भएको छ । सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिएसँगै नेपाल स्टक एक्सचेन्स (नेप्से)मा सेयर कारोबार बन्द हुने भएको हो ।
नेप्सेमा हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) नियमित कारोबार हुने गरेको छ । यो साता आइतबार जनैपूर्णिमा तथा सोमबार गाइजात्रा परेको छ ।
सम्बन्धित
प्रतिक्रिया