स्मार्टफोन बजारमा हलचल, कसको मूल्य कति ? यसै साता आए यी नयाँ फोन !

काठमाडौं । यदि तपाईं स्मार्टफोन खरिद गर्ने विचारमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंका अगाडि नयाँ विकल्प पनि हुनेछन् । यो साता अन्तर्राष्ट्रिय बजारमा केही नयाँ स्मार्टफोन लन्च भइरहेका छन् । यी फोन चर्चामा थिए र बहुप्रतिक्षित पनि । यसमा Moto Edge 20, Moto Edge 20 Fusion, Realme GT तथा Realme GT Master Edition जस्ता नाम सामेल छन् । आउनुहोस् यी स्मार्टफोनको फिचर र मूल्यबारे जानकारी लिउँ :
Moto Edge 20
-यो फोन निकै पातलो स्मार्टफोन हो । भनिन्छ- यसको थिकनेस ६ दशमलव ९९ एमएम मात्र छ ।
-यसमा Snapdragon ७७८जीको प्रोसेसरलाई ११ फाइभ जी ब्यान्डका साथ प्रस्तुत गरिएको छ ।
-यो फोन ८ जीबी र्याम सपोर्टका साथ उपलब्ध हुँदै छ ।
-यो Snapdragon ७७८ चिपसेट वाला स्मार्टफोन हो ।
-यसमा रियरमा ट्रिपल क्यामेरा सेटअप रहनेछ । यसको प्राइमरी लेन्स १०८ एमपीको छ । यो क्यामेरा हाई रिजोल्युसन सेन्सरयुक्त छ ।
-यसमा सेल्फीका लागि ३२ एमपीको क्यामेरा दिइएको छ ।
-यो फोनको सम्भावित अन्तर्राष्ट्रिय बजार मूल्य ७५ हजारको आसपास रहने अनुमान छ ।
Moto Edge 20 Fusion
-यो स्मार्टफोन Edge 20 Lite को रि-ब्रान्डेड भर्सन हो ।
-यसमा ७ इन्चको ओएलईडी डिस्प्ले जडान गरिएको छ भने यसको रिफ्रेु रेट ९०Hz छ ।
-यसमा MediaTek Dimensity ७२० प्रोसेसर प्रयोग गरिएको छ ।
-यो फोनमा ५ हजार mAH को ब्याटरी प्रयोग भएको छ भने यसलाई ३० वाटको टर्बोपावर फास्ट चार्जिङमार्फत छिटै चार्ज गर्न सकिन्छ ।
-यसमा ट्रिपल रियर क्यामेरा जडान गरिएको छ भने यसको प्राइमरी सेन्सर १०८MP को छ । यो फोनमा ८MP को अल्ट्रा वाइड एंगल लेन्स र २MP को डेप्थ सेन्सर छ ।
-यो स्मार्टफोनमा ३२ MP को फ्रन्ट क्यामेरा छ ।
-यो फोनको सम्भावित अन्तर्राष्ट्रिय बजार मूल्य ४८ हजार रुपैयाँ हुन सक्छ ।

Realme GT
-यो फोनको डिस्प्ले ६ दशमलव ४३ इन्च छ ।
-यो फोनमा ५ nm को Qualcomm Snapdragon 888 प्रोसेसर जडान गरिएको छ । यसले फाइभ जी सपोर्ट गर्छ ।
-यसमा सोनिको ६५ MP ट्रिपल रियर क्यामेरा सेटअप उपलब्ध हुन्छ ।
-यो स्मार्टफोनमा ४५००mAh ब्याटरी प्रयोग भएको छ । यसमा ६५W Super Dart चार्जिङ सपोर्ट प्राप्त हुन्छ ।
-यो फोनको सम्भावित अन्तर्राष्ट्रिय बजार मूल्य ५५ हजार रुपैयाँ आँकिएको छ ।
Realme GT Master Edition
-सुपर एमोलेड डिस्प्लेका साथ उपलब्ध हुने यो फोनको रिफ्रेस रेट १२०Hz छ । यसका टच सेम्पलिङ रेट ३६०Hz हुनेछ ।
-यो फोन अक्टा-कोर Qualcomm Snapdragon ७७८G प्रोसेसर सपोर्टयुक्त छ ।
-यो फोनमा ६४MP को मुख्य क्यामेरा, ८MP को अल्ट्रा-वाइड एंगल लेन्स र २MP को माइक्रो लेन्स प्रयोग भएको छ ।
-यसमा सेल्फीका लागि ३२MP को क्यामेरा दिइएको छ ।
-यो फोन ४३ हजार mAh को ब्याटरी तथा ६५W को फास्ट चार्जिङ सपोर्टका साथ उपलब्ध गराइन्छ ।
-यो फोनको सम्भावित अन्तर्राष्ट्रिय बजार मूल्य ५५ हजार रुपैयाँ बताइएको छ ।
प्रतिक्रिया