बुधबार, वैशाख १०, २०८२

सेयरमा सरकारी लगानी बालुुवामा पानी, ३ खर्ब १५ अर्ब लगानीमध्ये एक खर्ब ९३ अर्ब लगानीको प्रतिफल शून्य

नेपालखोज २०७८ भदौ ५ गते १६:२८

काठमाडौं । सेयरमा सरकारी लगानी वालुुवामा पानी जतिकै भएको छ । महालेखा परिक्षकको ६८औं वार्षिक प्रतिवेदन अनुसार विभिन्न संघसंस्थाहरुको सेयरमा मात्र सरकारले खर्बो रुपैयाँ लगानी गरेको देखिएको छ भने प्रतिफल शून्य रहेको छ ।

प्रतिवेदनमा भनिएको छ, महालेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरण अनुसार नेपाल सरकारले गतवर्षसम्म विभिन्न एक सय १३ संस्थामा दुई खर्ब ९६ अर्ब ९२ करोड रुपैयाँ सेयर लगानी गरेको छ ।

यो बर्ष थप १२ अर्ब ७२ करोड र बोनस सेयर प्राप्त र समायोजनबाट छ अर्ब छ करोड रुपैयाँ थप भई यो वर्षसम्म तीन खर्ब १५ अर्ब ७० करोड रुपैयाँ शेयर लगानी गरेको देखिन्छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार सेयर लगानीबाट नेपाल सरकारलाई यो वर्ष नेपाल राष्ट्र बैंकले नौ अर्ब ९६ करोड, नेपाल टेलिकमले छ अर्ब १७ करोड १७ लाख, नेपाल आयल निगमले चार अर्ब १५ करोड ४७ लाख, कृषि बिकास बैंक लिमिटेडले एक अर्ब ४२ करोड ९५ लाख र अन्य ११ वटा संस्थाहरुले दुई अर्ब ६९ करोड २६ लाख समेत गरी १५ वटा संस्थाले २३ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ नगद लाभांस र नेपाल बैंक लिमिटेडले ७५ लाख छ हजार रुपैयाँ बराबरको बोनस सेयर दिएको देखिन्छ ।

तीबाहेक बाँकी ९८ संस्थामा लगानी गरेको एक खर्ब ९३ अर्ब सात कारेड रुपैयाँबाट यो वर्ष कुनै पनि प्रतिफल प्राप्त गरेको छैन, प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया