आइतबार, वैशाख ७, २०८२

महिन्द्राको पाँचसिटे एसयूभी ७०० (मूल्य र भेरियन्टसहित) !

नेपालखोज २०७८ भदौ ६ गते १४:२०

काठमाडौं । महिन्द्राको पाँचसिटे एसयूभी ७०० टर्भोचार्ज्ड पेट्रोल इन्जिन र टर्भोचार्ज्ड डिजल इन्जिन अप्सनका साथ आउनेछ । यी दुवै इन्जिन अटोमेटिक र म्यान्युअल गियरबक्स दुबै अप्सनका साथ उपलब्ध हुनेछ ।

महिन्द्राको मोस्ट अवेटेड एसयूभी ७०० महिन्द्राको अहिलेसम्मको सबैभन्दा प्रिमियम एसयूभी हो । एसयूभी रेन्जमा यो आफ्नो नयाँ लोगोका साथ प्रस्तुत भएको छ । महिन्द्रा एसयूभी ७०० नयाँ डिजाइनमा आएको छ । जसमा डीआरएलका साथ युनिक फ्रन्ट-एड सामेल छ । यो एसयूभीमा विशाल टेल-ल्याम्पका साथ डिजाइनमा पनि अनेकन फिचर्स दिइएको छ । यसमा ‘स्मार्ट डोर हेन्डल’ का साथ अटोमेटिक बुस्टर हेडल्याम्प पनि जडान गरिएको छ ।

कति छ मूल्य ?
महिन्द्राको महिन्द्रा एसयूभी ७०० का चारवटा भेरियन्ट छन् जसमा MX Gasoline को अन्तर्राष्ट्रिय बजार मूल्य १९ लाख रुपैयाँ जस्तो पर्छ । यसैगरी एमएक्स डिजलको मुल्य लगभग २० लाख रुपैयाँ तय गरिएको छ । त्यसका अतिरिक्त AdrenoX AX3 Gasoline को अन्तर्राष्ट्रिय बजार मूल्य २२ लाख रुपैयाँभन्दा केही माथि छ । AdrenoX AX5 Gasoline को अन्तर्राष्ट्रिय बजार मूल्य भने २३ लाख रुपैयाँ जस्तो पर्छ ।

कस्तो छ फिचर्स ?
महिन्द्रा एसयूभी ७०० को इन्टेरियर थप प्रभावकारी छ । महिन्द्राका अन्य गाडीको तुलनामा केही भिन्न पनि । यो एउटा लग्जरी कार जस्तो पनि छ जसमा ड्राइभिङ सिटको अगाडिसहित ट्विन डिस्प्ले दिइएको छ । यो डुअल एचडी स्क्रिन हो र यसमा एड्रेनोएक्स इन्फोम्याटिक सामिल छ । यो एलेक्सा भ्याइस एआईका साथ उपलब्ध भारतको पहिलो कार भएको बताइएको छ । यसमा एलेक्साको मद्दतले विन्डो तथा तापक्रमसहित कारका अरु कुरा पनि नियन्त्रण गर्न सकिन्छ ।

यसमा एलेक्सामार्फत म्युजिक लगाउन सकिन्छ, अडियो बुक सुन्न सकिन्छ, डाइरेक्सन लिन सकिन्छ भने ट्राफिकको खबरसमेत बुझ्न सकिन्छ । यसबाट आफ्नो स्मार्ट होमको म्यानेजमेन्ट गर्न सकिन्छ । यसले पार्किङ खोज्ने कामका अतिरिक्त अरु धेरै काम गर्न सक्छ । यसमा एउटा ठूलो प्यारानोमिक सनरूफ दिइएको छ जसलाई स्काई रूफ भनिएको छ । यसको लम्बाइ १३६० मिमि तथा चौडाइ ८७० मिमि छ । यसमा डुअल-जोन क्लाइमेट कन्टोल, कनेक्टेड टेकका लागि रियल-टाइम अपडेटका साथ अरु पनि धेरै कुरा छन् । यसमा सोनीको थ्रिडी साउन्ड सिस्टम जडान गरिएको छ जसका १२ वटा स्पिकरमा रूफ स्पिकर पनि सामेल छ ।

इन्जिन
महिन्द्रा एसयूभी ७०० एउटा शक्तिशाली एसयूभी हो । यसमा २.० लिटर टर्भो पेट्रोल र २.२ लिटर डिजल इन्जिन जडान गरिएको छ । यसको गियरबक्समा ६ स्पिड टर्क कन्भर्टर र दुवै इन्जिनमा ६ स्पिडको म्यानुअल सामिल छ । महिन्द्रा एसयूभी ७०० डिजलमा जिप, ज्याप र जुम ड्राइभ मोड उपलब्ध हुनेछ । यसमा क्रूज कन्टोलजस्ता फिचर पनि राखिएका छन् । यसका दुई भेरियन्ट MX र Adrenox बढी सुविधायुक्त छन् । महिन्द्राको यो एसयूभी दुई महिना जति पछि अक्टुबरको आसपासमा भारतीय सडकमा आइसक्नेछ भने यसको नेपाल प्रवेशलाई पनि त्यति कुर्नुपर्ने छैन ।

प्रतिक्रिया